हावा को बहाव संगै
बहन खोज्दा
एक्कासी हुरी ले उडाएर
लगेको
एक्लो मान्छे....
जीवन को परिभाषा
अनुभब को शब्दकोषमा
खोज्दा खोज्दै
शब्दकोषका शब्दहरुमा
हराएको
एक्लो मान्छे.....
रहरहरुको समुन्द्र मा
डुबुल्की मर्दा मार्दै
एक्कासी छाल ले
हुत्त्याएर
निर्जन टापु मा
पुर्याएको
एक्लो मान्छे...
भावनाहरुको बिच मा
कल्पिएर, झ्याँगीएर, रमाएर
एथार्थ मा आउन नचाहदा नचाहदै
सत्यतालाई आत्मसात गर्न नसकेर
असत्य कै खोक्रो माया मा
पिल्सिएर
उभिएको
एक्लो मान्छे
एक्लो मान्छे.....
त्यो एक्लो मान्छे
मनिसहरुको भिडमा
आफ्नो एउटा मान्छे खोज्दा खोज्दै
निसासिएको
त्यो एक्लो मान्छे
(सबैलाई जसले जन्मिदा एक्लै मर्दा नि एक्लै बीचैमा किन साथी चहियो र भन्ने गितको भाब बुझेका छैनन)